सुप्रिम बचत तथा ऋण सहकारी थर्पुको १९औँ स्थापना दिवस मनाइयो

सुप्रिम बचत तथा ऋण सहकारी थर्पुको १९औँ स्थापना दिवस मनाइयो


तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।
सहकारीको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष मनोज अधिकारीले पानसमा दीप प्रज्वलन गरी स्थापना दिवस समारोहको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष भीमलाल श्रेष्ठले सहभागीलाई स्वागत गर्नुभएको थियो भने सचिव विकासराज खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीका सल्लाहकार हुत्तमणी अधिकारी लगायत विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले स्थानीय आर्थिक विकास, बचत प्रवर्द्धन तथा सदस्यहरूको जीवनस्तर उकास्न पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो। वक्ताहरूले सहकारीको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दै सदस्यहरूबीच अझ बढी एकता, सहकार्य र विश्वासको वातावरण सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
१९ वर्षअघि म्याग्दे गाउँपालिकामा स्थापना भएको सुप्रिम बचत तथा ऋण सहकारीले हालसम्म स्थानीय नागरिकमा बचत गर्ने बानीको विकास, साना तथा घरेलु उद्यममा लगानी तथा आर्थिक पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
स्थापना दिवस समारोहमा सहकारीका पदाधिकारी, सदस्य,कर्मचारी , सल्लाहकार तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको १९ वर्षे यात्राको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै सहभागीहरूले एकआपसमा शुभकामना आदान–प्रदान गर्दै सहकारीको सफलताको खुसीयाली साटासाट गरेका थिए।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सहकारीका प्रवन्धक रमेश श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page