तनहुँमा सर्च एण्ड स्विप अपरेसन : ९ जना शंकास्पद व्यक्ति नियन्त्रणमा
तनहुँ प्रहरीले लागुऔषध नियन्त्रण, अवैध मदिरा कारोबार, शान्ति–सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेसन’ अन्तर्गत ९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले मिति २०८३ साल असार २५ गते सञ्चालन गरेको उक्त अभियानमा नियन्त्रणमा लिइएका ९ जनामध्ये ६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी ३ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।


























