दोस्रो दरै कलर हाउस फुटबलको उपाधि जिआर
दोस्रो दरै कलर हाउस फुटबलको उपाधि जिआर इलेक्टोनिक्सलाई दोस्रो दरै कलर हाउसले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताकाे उपाधि जिआर इलेक्टोनिक्सले जितेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलमा ड्रिम फोटोग्राफीलाई पेनाल्टीमा २–१ अन्तरले पराजित गर्दै जिआर इलेक्टोनिक्सले उपाधी जित हासिल गरेको हो । बिजेता टीमले रु.२० हजार र उपबिजेता टिमले रु.१० हजार पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रतियोगितामा ३२ टीमले सहभागिता जनाएको आयोजक समितिले जनाएको छ । बिजेता टीमलाई युवा नेता अजित पन्थले पुरस्कार बितरण गरेका थिए ।

























