प्रदेश स्तरीय भलिबलमा भाग लिन तनहुँकाे टाेलि गाेरखा प्रस्थान

प्रदेश स्तरीय भलिबलमा भाग लिन तनहुँकाे टाेलि गाेरखा प्रस्थान

आजदेखि गोरखामा हुने गण्डकी प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगितामा भाग लिन तनहुँकाे टाेलि गाेरखा गएको छ। जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डे , जिल्ला भलिबल संघका अध्यक्ष पदम सुनार लगायतको नेतृत्वमा महिला तथा पुरूष भलिबल खेलाडीकाे टिम आइतबार साँझ गाेरखा गएकाे हाे ।

२०७२ साल वैशाख १२ को महाभूकम्पको स्मृति तथा श्रद्धाञ्जली र खेलको माध्यमले पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको  आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले जनाएको छ। 

प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा हुने छ। आयोजकका अनुसार प्रतियोगिताको विजेता (पुरुष तथा महिला) एक लाख रुपैयाँ प्राप्त गर्ने छन्। 

उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट स्पाइकर, सेटर, रिसिभर, सर्भर र डिफेन्डरले ५ हजार प्राप्त गर्ने छन्। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउने छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page