दमाैली ट्रेड सेन्टर खाली बनाइ पार्क बनाउने विषयमा छलफल

तनहुँकाे व्यास नगरपालिका वडा नं २ गणेशमान चोकमा रहेको दमौलि ट्रेड सेन्टरलाई खालि बनाइ पार्क बनाउने विषयमा पुन छलफल अगाडि बढेको छ । उक्त ठाउँमा बालबालिका, जेस्ठ नागरिककाे लागि पार्क तथा आपत बिपतमा सुरक्षित बनाउन खाली ठाउँको आवस्यकता भएकोले छलफल एवम् प्रक्रिया अगाडि बढाइएको हाे । वडाबासि एवम् नगरबासिको माग सम्बोधन गर्नका लागि व्यास २ वडा कार्यालयले जिल्ला समन्वय प्रमुख शान्ति रमण वाग्ले सँग भेट गरि ध्यानाकर्षण सँगै यस विषयलाई अगाडि बढाउन छलफल भएको व्यास २ का सदस्य सुरेश वाग्लेले बताए । दमौलि ट्रेड सेन्टरलाई खालि बनाई पार्क निर्माणको बिषयमा प्रकृयागत नाप, नक्सा, ईस्ट्मेट , डिजाईन उपलब्ध गराउन अन्तिम तयारि गरेको सदस्य वाग्लेले जानकारी दिए । समन्वय प्रमुख वाग्ले सँग व्यास २ का अध्यक्ष काशीराम श्रेष्ठ लगायत वडा सदस्यहरूले भेटि छलफल गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page