तनहुँमा एसपी बाेहरा आए देखि जिल्लाको सुरक्षा व्यवस्था कडा

तनहुँमा एसपी बाेहरा आए देखि जिल्लाको सुरक्षा व्यवस्था कडा

 जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी अपिल राज बाेहराको जिल्लामा सर्वत्र बखान हुन थालेको छ। बाेहराको नेतृत्वमा तनहुँ प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति तथा योजनाको प्रभावकारी कार्यान्वयनले अपराध नियन्त्रणमा थप सफलता देखिन थालेपछि उनको बखान हुन थालेको हाे ।

समाजमा अनैतिक कार्य गर्नेलाई नियन्त्रणमा लिई कारबाहि प्रक्रिया अघि बढाउनु प्रहरीको कर्तव्य भएकाले नियम बमोजिम कार्य गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । ‘हामी कानुनी राज्यको पालना गर्न अहोरात्र खटिदै आएका छौं,’ प्रहरी उपरिक्षक बोहराले भने , ‘समाजमा शान्ती सुरक्षा कायम गर्ने कार्यमा हामीलाई साथ र सहयोग दिन आम नागरिकलाई समेत आग्रह गर्दछौं । ‘प्रहरी प्रमुख बोहराले समाजमा भए गरेका कुनै शंकास्पद गतिविधिको बारेमा प्रहरीलाई सूचना दिन समेत आग्रह गरेका छन् । खासगरी पछिल्लो समय प्रहरीले जुवातास नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसले समाजमा सुशासन कायम गर्न प्रभावकारी हुने बिश्वास गरिएको छ ।

जुवातास नियन्त्रणमा विगतमा तनहुँ प्रहरीले पहल गरेपनि जुवातास खेलेर पक्राउ गरेका कार्यकर्ता छुटाउन केन्द्रिय तहका नेताहरुको दवाव दिने गर्दा तनहुँ प्रहरीलाई जुवातास नियन्त्रणमा समस्या रहेको तनहुँवासीको भनाई रहँदै आएकाे थियो । तर हालका प्रहरी प्रमुख बोहराले जुवातास नियन्त्रणको लागि कुनैपनि राजनीतिक दवावमा नपरी कारवाही प्रक्रिया अघि बढाएपछि जुवातास नियन्त्रण भएको स्थानीय बताउँछन् ।

सुरक्षा सुधार्न प्रहरी प्रमुख एसपी बाेहराले अवलम्बन गरेको नयाँ सुरक्षा कार्यशैलीले प्रहरी अधिकारी तथा जवानहरुले उत्साहका साथ काम गरेका छन। सरुवा भएर आएको ५ महिना भित्रमा उनले जिल्लामा कर्तव्य ज्यान मुद्दा , जबर्जस्तीकरणी , अभद्र व्यवहार , सवारी ज्यान , लागुऔषध लगायत गरि करिब ३ सय ५० वटा मुद्दा दर्ता गराएका छन् । त्यसमध्ये २ सय ५० जति मुद्दा फर्छाैट भइसकेको र अन्य अनुसन्धानकाे क्रममा रहेको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले अहिले तनहुँमा प्रहरी प्रमुखको रूपमा एसपी बाेहरा आएपछि मुद्दा ह्वात्तै बढेको जानकारी दिए । तनहुँ प्रहरी अहिले निकै सक्रिय देखिएको पाएको प्रजिअ गाैतमले बताए ।
‘कति एसपी साहब आए , कति गए तर एस पी बाेहरा रातदिन सुरक्षाको लागि तल्लिन भएर काम गरेका छन् ’ दमाैलीका स्थानीय सुरेश पाैडेलले बताए,‘उहाँ प्रहरी प्रमूख भएर आए यता जिल्लामा सुरक्षा फितलो भएको महशुस अहिलेसम्म भएको छैन ।

विभिन्न अपराध नियन्त्रणमा प्रहरीले पहुँच बढाएसँगै बजारमा प्रहरी प्रमुख बाेहराकाे सिंघम फिल्म नायक बाजिराव सिंघमसँग तुलना हुन थालेको छ ।सिंघम फिल्ममा एक प्रहरी अधिकृतको ईमान्दारिता र बहादुरीको बखान गरिएको छ । फिल्मका नायक अजय देवगनले आफ्नो कार्य क्षेत्रमा एक कर्तब्य निष्ठ प्रहरी अधिकृतकाे भुमिका निभाएकाे भन्ने कथामा समेटेको छ ।

सुरक्षा प्रत्याभूति दिलाएसँगै लागु औषध प्रयाेगकर्ताकाे जिल्लामा भागाभाग भएको छ । सुरक्षा सुधार्न रणनितिक योजनाका साथ खटिएको प्रहरीले ईमान्दारिता पूर्वक काम गरेकाले आम मानिसले अहिले सुरक्षाको महुसुश गरेका छन् । प्रहरी सुतेर बसेर हुदैन,सुरक्षा पाटोसँग सम्बन्धित केहि न केहि गतिबिधिमा संलग्न हुन पर्छ’ ‘सरुवा गर्देलान भन्ने त्रासमा होईन, इमान्दारिताको साथ काम गरे प्रहरी सधै अब्बल हुन्छ ।’ ईमान्दारिताका साथ कर्तव्यनिष्ठ भए मात्र आम मानिसको भावनामा समेत प्रहरीको कदर हुने गर्दछ । अहिले प्रहरी प्रमुख बाेहराले साेहि अनुसार काम गरेको देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page