दमाैली बजारको सि सि क्यामेरा व्यवस्थापनकाे जिम्मेवारी सभापति मल्ललाइ
व्यास नगरपालिका वडा नं. २, ३, ४ को बजारक्षेत्रमा सुरक्षा प्रबन्धमा जडान भएका सि.सि. क्यामेराको मर्मत, संहार एवं नयाँ थप व्यवस्थापनकाे लागि संयाेजककाे जिम्मेवारी तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्ललाई दिइएको छ । व्यास नगरपालिकाकाे हालै बसेकाे कार्यपालिका बैठकले मल्ललाई संयाेजककाे जिम्मेवारी दिने निर्णय गरेको हाे ।

साथै उक्त समितिले वडा नं. २, ३, ४ का अध्यक्षहरुलाई सल्लाहकारको रुपमा बैठकमा आमन्त्रण गर्नुपर्ने समेत बताएको छ । यस्तै उक्त समितिकाे सदस्यहरूमा वडा नं २ का सदस्य श्री सुरेश वाग्ले , वडा नं ३ का सदस्य श्री दधिराज घिमीरे , वडा नं ४ का सदस्य श्री सरोज भण्डारी तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यास न.पा.का प्राविधिक रहने निर्णय गरेको छ । यस्तै बजार इकाईका सचिव अञ्जु दाहाल उक्त समितिमा सदस्य सचिव रहने बताइएको छ ।

























