अबदेखि ऋषिङ्गकाे भिर्काेट – पाेखरा बस चल्ने

अबदेखि ऋषिङ्गकाे भिर्काेट – पाेखरा बस चल्ने

विवेक श्रेष्ठ
तनहुँ स्थित ऋषिङ्ग गाउँपालिकाको वडा नं ४ भिर्कोटदेखी पोखरासम्म सिधा यातायात सेवा संचालन हुने भएको छ । यात्रुहरुको सेवालाई ध्यानमा राखी स्थानिय यातायात प्रा.लि. को सवारिसाधनबाट सेवा बिस्तार गर्न लागिएको हाे ।
सेवा बिस्तारसंगै वडा नं ४ देखि गाउँपालिकामा कामका लागि आउनेसँगै पोखरा जाने यात्रुहरुको लागि सेवा पुग्ने गरि यातायात सेवा संचालन गर्न लागिएको हो ।

स्थानिय नागरिकको माग तथा जनचाहना अनुरुप ऋषिङ्ग गाउँपालिका वडा नं ४ का वडाध्यक्ष प्रेमराज श्रेष्ठ तथा निवर्तमान वडाध्यक्ष भोजराज रानाभाटको समन्वय तथा सहजिकरणमा सेवा संचालन गर्न लागिएको हो । राज्यको नीति तथा यातायात ब्यवस्थाको अभ्यास अनुरुप स्टेसन टु स्टेसन भाडादर २० कायम हुने गरि भिर्कोट पोखराको भाडादर कायम गरिनेछ जसको लागि यसै सातादेखी संचालन हुने गरि सुचना प्रकाशन गर्ने तयारी स्थानिय यातायात प्राली ले गरिरहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page