संयुक्त राष्ट्रसंघ ( UN ) काे रिसर्च अफिसरमा तनहुँ सुखाैराकी २७ वर्षीय भट्टराई
संयुक्त राष्टसंघ ( UN ) काे स्थायी रिसर्च अफिसरमा तनहुँकाे सुखाैराकी २७ वर्षीय सदिक्षा भट्टराईले नाम निकाल्न सफल भएकी छन् । सुक्रवार प्रकाशित नतिजामा उनकाे नाम UN काे स्विजरल्याण्ड स्थित जेनेभामा स्थायी रिसर्च अफिसर पदमा उल्लेख छ ।

बुवा साेमप्रसाद भट्टराई तथा आमा गीता भट्टराईकाे माइली छाेरीकाे रूपमा सुखाैरामा जन्मेकी सदिक्षा सानैदेखि पढ्न टाठी थिइन् । उनी कक्षा ३ मा ललितपुरकाे एक बिद्यालयमा पढ्दै गर्दा नेपालबाट इन्टरनेशनल काेटामा छनाेट भइ फुल स्कलरसिभमा देहरादुन गएकी थिइन् । देहरादुनमा स्कुल लेभल सकेपछि भट्टराई फेरि फुल स्कलरसिभमा प्लस टु गर्न कलकत्ता गएकी थिइन् ।
कलकत्तामा प्लस टु सकेकी उनलाई पुन इन्टरनेशनल काेटामै फुलस्कलरसिभमा अमेरिका पुग्ने अवसर मिलेको थियो । अमेरिकामा व्याचलर सकेकी उनी त्यहीँबाट फेरि फुल स्कलरसिभमै स्विजरल्याड पुगिन् । स्विजरल्याण्डबाट इन्टरनेशनल इकाेनाेमिक्स गरेकी भट्टराई पछिल्लो २ वर्ष कन्ट्याक्ट् मा UN मा काम गर्दै आएकी थिइन् । ३ वर्ष पढाइमा र २ वर्ष कन्ट्याक्ट्मा काम गरेकी भट्टराई अहिले स्थायीमा नाम निकाल्न सफल भएकी हुन् ।
९ वर्षकाे उमेरदेखि पढ्नकाे लागि बाहिर मात्रै रहेको र छाेरीले पढ्न धेरै दुख गरेको भन्दै सदिक्षाकी आमा गीताले छाेरीकाे याे प्रगति देखेर निकै खुसी लागेको बताएकी छन् ।

























