स्वस्थ जीवनशैली विषयक डाक्टर पाैडेलले दिएको प्रशिक्षण कार्यक्रममा सयौंको उपस्थिति
व्यास ज्याेति साधक परिवारकाे आयाेजनामा दमाैलीमा भदौ २८ गते सुक्रवार भएको असल खानपान र स्वस्थ जीवनशैली सम्बन्धि जनचेतनामूलक कार्यक्रममा सर्वसाधारणको ठुलो संख्यामा उपस्थिति रहेको छ । तनहुँ उद्योग बाणिज्य संघको हल दमाैलीमा बिहान ११ बजेबाट भएको कार्यक्रममा खचाखच सहभागीले हल भरिएको थियो ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर बिनाेद पाैडेलले दिएको प्रशिक्षण सुन्न दमाैली लगायत टाढाटाढा बाट मानिसहरू आएका थिए ।
रोग लागेर मात्र होईन राेग लाग्नै नदिने उपायका बारेमा स्वस्थ जीवन शैली सिकाइन्छ भन्ने थाहा पाएर आएकाे म्याग्दे १ का अनिल श्रेष्ठले बताए । एक त माेटाेपना छ अर्को सुगर प्रेसर पनि भन्दै श्रेष्ठले डाक्टर बिनाेद पाैडेलले निकै सरल र सबैले बुझ्ने भाषामा दिनुभएको प्रशिक्षणले धेरै कुराकाे लाभ लिएको उनले बताए । श्रेष्ठले यस्तो कार्यक्रम दमाैलीमा यस अगाडि भएको थाहा नपाएको भन्दै आयाेजक साधक परिवारलाई पनि धन्यवाद दिए ।

साधक सत्यमकाे जन्मजयन्तीकाे अवसरमा स्वस्थ , तन्दुरुस्त राख्न , सुख शान्ति , समृद्धिका साथै स्वस्थ जीवन जिउने कला सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयाेजना गरिएको व्यास ज्याेति साधक परिवारका अध्यक्ष गणेशचन्द्र बस्नेतले बताए ।
कार्यक्रममा आफ्नाे शरीरको डाक्टर आफै बनाैं , माेटाेपन कसरी घटाउने , पेटलाइ कसरी मजवुत बनाउने , भान्साघरलाइ कसरी औषधालय बनाउने , पानी पिउने तरिका लगायतका बिषयमा प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर पाैडेलले प्रशिक्षण दिएका थिए ।
डाक्टर पाैडेलले माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार प्रदान गरिने जानकारी दिए ।

चिकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिएकाे भन्दै पाैडेलले लामो समयदेखि नसा सम्बन्धि समस्या , ढाड र घुँडा दुख्ने समस्याले ग्रस्त मानिसहरू चिकित्सालयमा आउने गरेको बताए । खेती नगरिएको जमिनभन्दा ६ फिट तलको माटो ल्याएर त्यसको फोहोर हटाएर दीर्घरोगीको शरीरमा दलेर उपचार गर्दा त्यसले शरीरभित्रको फोहोर सोसेर निरोगी बनाउने गर्दछ ।
यस अगाडि कार्यक्रमकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए । व्यास ज्याेति साधक परिवारका अध्यक्ष गणेश चन्द्र बस्नेतकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , सुर्यचन्द्र हड्खले , गाेपाल हड्खले लगायतका वक्ताहरूले बाेलेका थिए ।
























