थर्पुमा स्कारपियाे दुर्घटना , सबै यात्रु सकुशल
पृथ्वीराजमार्गमा पछिल्लो समय दुर्घटना दिनदिनै बढ्दै गएको छ । यसैबीच सनिवार बिहान थर्पु नजिकै घुम्तीमा एक स्कारपियाे दुर्घटनामा परेको छ ।

चितवनबाट पाेखरा तर्फ जाँदै गरेको स्कारपियाे माेटरसाइकललाइ जाेगाउने क्रममा दुर्घटना भएको बताइएको छ । स्कारपियाे दुर्घटनामा चालक सहित २ जना सवार रहेको र दुबै जना सकुशल रहेको प्राप्त समाचारमा जनाइएको छ ।

























