महिला उद्यमी संघ तनहुँ देशभरीमा सर्वाेत्कृष्ट शाखा घाेषित

महिला उद्यमी संघ तनहुँ देशभरीमा सर्वाेत्कृष्ट शाखा घाेषित


महिला उद्यमी संघ तनहुँ देशभरिमा सर्वाेत्कृष्ट शाखा घाेषित भएको छ । महिला उद्यमी महासंघमा आबद्ध भइ आफ्नाे जिल्लामा सक्रियताका साथ कार्यक्रम सञ्चालन गर्दै महिला उद्यमीहरूलाइ उद्यमशिलता बिकास र आर्थिक सशक्तीकरणकाे याेगदानमा पुर्याएकाे याेगदानकाे कदर गर्दै महिला उद्यमी महासंघ नेपालकाे साधारणसभाकाे अवसरमा तनहुँ शाखालाइ नगद सहित सम्मानपत्र एवम् दाेसल्ला ओढाएर सम्मान प्रदान गरिएकाे हाे ।

देशभरिका ७० वटा शाखालाइ पछि पार्दै सर्वाेत्कृष्ट शाखा घाेषित भएको तनहुँलाई एक भब्य कार्यक्रमका बिच बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले पुरस्कार प्रदान गरेका थिए । देशभरिमा सर्वाेत्कृष्ट घाेसीत हुन सफल भएकोमा तनहुँ अध्यक्ष निर्मला मल्लले खुसी व्यक्त गर्दै याे उपलब्धि सबैकाे साथ र सहयोगले प्राप्त भएको बताइन् ।


उक्त कार्यक्रममा महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवाली, महासचिव कुन्नम पोखरेल र जिल्ला विस्तार तथा संजाल समिति संयोजक बसन्ती प्रधान एवं जिल्ला महासचिव सरु श्रेष्ठ , मन्जु थापा र बेलु श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page