अन्तरपालिका हाजिरीजवाफ प्रतियोगितामा रामशाह मावि आँबुखैरेनी प्रथम , पवित्रा मावि डुम्रे द्वितीय


विज्ञान शिक्षक समाज, जिल्ला कार्यसमिति तनहुँद्वारा आयोजित जिल्ला स्तरीय अन्तर पालिका हाजिरीजवाफ प्रतियोगितामा रामशाह मावि आँबुखैरेनी प्रथम भएको छ । प्रतियोगितामा पवित्रा मावि डुम्रे द्वितीय र कालिका मावि, पुर्कोट भानु तृतीय भएका छन् ।
२२औं विज्ञान दिवसकाे अवसरमा विज्ञान शिक्षक समाज तनहुँका अध्यक्ष देवराज अधिकारीकाे अध्यक्षतामा व्यास नगरपालिकाकाे सभाहलमा उक्त कार्यक्रम भएको थियो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेकाे प्रमुख आतिथ्यतामा आयाेजित उक्त कार्यक्रममा व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख केदार आचार्य , सचिव ध्रुव क्षेत्री , सुनिल पौडेल , राजीव श्रेष्ठ , होमनाथ ढकाल लगायतले बाेलेका थिए ।

























