जिफन्ट तनहुँ द्वारा मुटु तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
जिफन्ट तनहुँले मुटु तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ ।
क्युपेक नेपाल जिल्ला कमिटी तनहुँकाे कार्यालयमा
जिफन्ट ऐक्यबद्धता कोषबाट प्राप्त रकम भिमाद -६ का क्यान्सर रोगी पबित्रा सार्की , म्याग्दे -६ का मुटु रोगी टीकाराम गुरुङ र पक्षघात रोगी ब्यास-१ का कृष्ण बहादुर थापा लाई जनही रु २५ हजार का दरले आर्थिक सहयोग हस्तान्तरण गरेकाे जिफन्ट तनहुँले जनाएको छ ।

उक्त सहयोग रकम पबित्रा सार्कीलाइ स्वयं साथै टीकाराम गुरुङ को श्रीमति ज्ञानु गुरुङ र कृष्ण बहादुर थापाको भतिज भक्त बहादुर थापालाइ बुझाइएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष भीमबहादुर गुरूङले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा क्युपेक नेपाल केन्द्रीय कमिटीका उपमहासचिव सोम आले, जिफन्टका जिल्ला अध्यक्ष गुरुङ लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

























