मानुङ घुम्न आएका पाेखराका युवा माथि खुकुरी प्रहार , ५ जना घाइते
पर्यटकीय गन्तब्यकाे रूपमा परिचित तनहुँकाे व्यास नगरपालिका वडा नं ५ मानुङ घुम्न आएका पाेखराका युवामाथी सांघातिक आक्रमण भएको छ । पाेखराका विभिन्न ठाउँबाट मानुङ घुम्न आएका १३ जना युवामाथी तनहुँकाे व्यास नगरपालिका स्थित बेलवास लगायतका ठाउँका युवाहरूको समुहले खुकुरी , लाठी , हेलमेटले आक्रमण गरेको पाेखराका युवाहरूले बताएका छन् ।
खासगरी भुजुङ घुम्न जानकाे लागि हामी ७ वटा माेटरसाइकलमा १३ जना साथीहरू मिलेर सुक्रबार बिहान ३ बजेको आसपास पाेखराकाे पृथ्वीचाेकमा जम्मा भएर आएका थियौँ । त्यहीबिचमा मानुङकाे सुर्याेदय हेर्ने र कफी खाएर फर्कने सल्लाह साथीहरू बिच भयो र मानुङ बिहान साँढे पाँच बजे पुग्यौं सहभागी युवराज गुरूङले भने । माेटरसाइकल राखेर डाँडामा पुग्याैं , निकै रमाइलो मान्दै फाेटाे भिडियो खिच्ने गर्न थाल्यौं , तर त्यही बिचमा मादक पदार्थ सेवन गरेर बसेकाे एउटा समूह आयाेर किन हल्ला गरेको ? किन भिडियो खिचेको भन्दै डिसकस गर्न थाल्यो । हामीले के भयो साेल्टी किन झगडा गर्न आएकाे मात्रै भनेका थियौं तर एक्कासि हामी माथि आक्रमण सुरु भयो । बिहान पाैने छ बजेको समयमा हामी माथि उनीहरूले झाेलामा राखेको खुकुरी निकालेर आक्रमण गरेका र केहीले लाठी , हेलमेटले हानेको घाइते गुरूङले जानकारी दिए । हामी पहिलोपटक आएकाेले त्यहाँको भुगाेल थाहा नभएको हुँदा भाग्न नसकेको अर्का घाइते विपिन गुरूङले बताए । खुकुरी सहितको धारिलो हतियारले हामीलाई घेराबन्दीमा पारेर आक्रमण गरेका भन्दै गुरूङले त्यहाँ कसैबाट पनि सहयोग नपाएको र प्रहरी १ घण्टापछि घटनास्थलमा पुगेको दुखेसो पाेखे । हामी रगताम्मे भयौं , मेरो टाउकोमा ६ वटा टाँका मारेको छ , अर्को साथीकाेमा ५ वटा टाँका मारेको छ , यस्तै हातमा , निधारमा , गालामा , गाेडा लगायत शरिरका विभिन्न भागमा चाेट लागेको पिडित युवाहरूले बताएका छन् ।
पिडित युवाहरूको नगद पैसा , घडी , माेवाइल , बेरूवा औठी , एटीएम कार्ड लगायतका सामान समेत लुटपाट भएको ती युवाहरूले बताएका छन् ।
यस सम्बन्धमा मानुङमा हाेटल सञ्चालन गर्ने एकजना सञ्चालक सँग सम्पर्क गर्दा ती युवाहरूको समूह मादक पदार्थ सेवन गरेर रातभरि हल्ला गरेको बताए । म १२ बजे सुतेँ तर तिनीहरू हल्ला गरिरहेका थिए , त्यही बिचमा बिहानै एक्कासि त्यस्तो घटना हुन गयो । उक्त घटनामा खुकुरी प्रहार गर्दा एउटा हाेटलकाे कुर्सी , टेवलमा समेत क्षति पुगेको छ ।
घाइते युवाहरूले आक्रमण गरेर सबै भागेपनी एकजना युवा दिनेश रामदाम झ्याप भएर उठेर भाग्न नसकेको अवस्थामा समातेर प्रहरीलाई बुझाएको समेत बताएका छन् ।

पिडित युवाहरूले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दायर गरेका छन् । उनिहरूले बेलवासका युवा दिनेश रामदाम लगायतको युवाहरूको समुहले आक्रमण गरेको भन्दै किटानी जाहेरी दिएका छन् ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा घटनामा सँलग्न एकजनालाई पक्राउ गरिएको र अन्यको खाेजी भइरहेको भन्दै दाेसीलाइ कानुन बमोजिम कारबाही गरिने बताए ।

























