काठमाडौं १६ काे वडाअध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित हुँदा अन्य ठाउँमा काङ्ग्रेस अगाडि
उपचुनाव भएका पालिका ३३ वडाहरुमध्ये अधिकांश वडाहरूकाे नतिजा सार्वजनिक भैसकेको छ । जसअनुसार धेरैमा नेपाली कांग्रेस विजयी भएको छ ।

काठमाण्डौ महानगरपालिका वडानम्बर १६ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ र एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत ल्याए । यसअघि यो वडामा कांग्रेस विजयी भएको थियो । याे जितसँगै रास्वपाले स्थानीय तहमा खाता खाेलेकाे छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भए । यसअघि २०७९ को चुनावमा कांग्रेसका तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भए।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भए । तेह्रथुमको नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भए । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भए।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भए । बर्दियाको नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भए ।
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भए।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय भए।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भए । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भए । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भए।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका मोहमद ताहिर मुसलमान विजयी भए । दैलेखको दुल्लू नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भए ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका कुमारी सावादेन निर्वाचित भए । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा एमालेका सकिबुल खाँ निर्वाचित भए । ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ विजयी भए ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित भए । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन) निर्वाचित भए ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भए। गोरखा नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी भए ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार साह र डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ मा पनि जसपा नेपालका देवेन्द्रप्रसाद यादव विजयी भए ।
कालीकोटको तिलागुफा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा नेमकिपाका खड्कराज शाही विजयी भए । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा भने स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छ्न ।
























