जनजुक्त शाही माविले पुस २७ गते स्वर्ण जयन्ती मनाउँदै

जनजुक्त शाही माविले पुस २७ गते स्वर्ण जयन्ती मनाउँदै


तनहुँकाे व्यास नगरपालिका ५ साँगे नेपालटारमा रहेको जनजुक्त शाही माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउने भएको छ । विद्यालयले पुस २७ गते भब्यताका साथ स्वर्णजयन्ती मनाउने जनाएको छ ।

प्रविधि सिपयुक्त र गुणस्तरिय शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ स्वर्ण जयन्ती मनाइने तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज काफ्लेले जानकारी दिए । विद्यालयले साप्ताहव्यापी रुपमा पुस २१ गतेबाट नै विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउने अध्यक्ष काफ्लेले बताए ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा आकर्षक स्मारक निर्माण गरि सरस्वतीको प्रतिमा निर्माण गर्ने, स्वर्ण स्मारिका प्रकाशन गर्ने, जनजुक्त शाही माध्यमिक विद्यालयको पठनपाठन सुरू गर्न मन्टेश्वरी सञ्चालन गर्ने, आर्थिक संकलन गरि विद्यालयको लागि वस खरिद गर्ने स्वर्ण जयन्तीको उदेश्य रहेको विद्यालयका प्रधानध्यापक ज्ञानेन्द्र न्यौपानेले जानकारी दिए । स्वर्ण जयन्ती भव्यताका साथ सम्पन्न गर्नका लागि १५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै विव्यस अध्यक्ष काफ्लेको संयोजकत्वमा ६ सय २३ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । सप्ताहव्यापी रुपमा हुने कार्यक्रममा पुस २१ गते खुला नृत्य प्रतियोगिता , सप्ताहव्यापी रुपमा खेलकुद कार्यक्रम, अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिता, पूर्व विद्यार्थी पुनरमिलन कार्यक्रम , पुस २६ गते विविध विधाको पुरस्कार वितरण र २७ गते मुल स्वर्ण जयन्ती कार्यक्रम गरिने विद्यालयले जनाएको छ । २०३२ सालमा स्थापना भएको विद्यालयमा हाल ३२५ विद्यार्थी अध्ययरत रहेका छन् ।
,

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page