दमाैलीमा ” बालिका शिक्षा कार्यक्रम ” सम्बन्धि सराेकारवालाहरूकाे छलफल !

दमाैलीमा ” बालिका शिक्षा कार्यक्रम ” सम्बन्धि सराेकारवालाहरूकाे छलफल !
Oplus_0

तनहुँको सदरमुकाम दमौलीमा रूम टु रिड र सुर्योदय क्लबद्धारा संञ्चालित’ ‘बालिका शिक्षा कार्यक्रम’ जिल्ला परियोजना सल्लाहकार समिति तथा सरोकारवालाहरुसंग समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा पाैष २ गते भएको सरोकारवालाहरूको समिक्षात्मक छलफलमा अनुभव र सिकाइ उपलब्धि तथा बालिका शिक्षा फाेकल पर्सन र प्रधानाध्यापक हरूका बिच अनुभव आदानप्रदान भएको थियो । उक्त अवसरमा सराेकारवालाहरूले कार्यक्रम निरन्तरताको बारेमा जाेड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख बासुदेव थापाले बालबालिका वर्तमानका साझेदार र भविश्यका कर्णधार भएकाले बालिकाहरुलाई कसरी शिक्षा सँगै सुरक्षित वातावरण सृजना गर्न सकिन्छ भन्ने बारेमा बाेलेका थिए ।

कार्यक्रममा रुम टु रिडका बालिका शिक्षा कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले विश्वमा रहेको लैङ्गिक असमानतालाई कम गर्दै सबै बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्नका लागि सहयोग गर्ने उद्देश्यले रूम टु रिडले काम गर्दै आएको बताए ।

सुर्योदय क्लबका बालिका शिक्षा अधिकृत रेश्मलाल श्रेष्ठले सबै बालिकाहरुलाई कम्तिमा १२ कक्षा उर्तीण गराउने तथा जिवनमा आइपर्ने हरेक समस्याहरुलाई सकारात्मक तरिकाले समाधान गर्नकालागि आवश्यक जिवन उपयोगि सिप विकास गर्ने उद्देश्यले बालिका शिक्षा कार्यक्रम सञ्चालनमा रहेको बताए ।कार्यक्रममा सामुदायिक विद्यालय महासंघ तनहुँका अध्यक्ष विष्णु भक्त सिम्देल , नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल ( आर सी ) , जिल्ला समन्वय अधिकारी प्रकाश पौडेल, व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्य, शुक्लागण्डकी नगरपालिका शिक्षा शाखा प्रमुख सुशील नराल , भानु नगरपालिका शिक्षा शाखा प्रमुख भेषराज पौडेल, म्याग्देका शिक्षा शाखा प्रमुख बिष्णु केसी , शुर्याेदप क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठ , सदस्य अशोक शर्मा , सत्यवति मा. वि. का छात्राहरु भरोसा बानियाँ, आयूषा दुलाल लगायतले सबै समूहका किशोर /किशोरीहरुलाई समेत यो शिक्षा प्रदान गरेर दायरा फराकीलो पार्नु पर्ने बताएका थिए ।सूर्याेदय क्लबका कार्यक्रम प्रबन्धक प्रदिप रानाले बालिका शिक्षा कार्यक्रम लागू भएपछि बालिकाहरुमा आएको सकारात्मक साेंच, आत्म विश्वास , नेतृत्वदायी भूमिका लगाएतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

रुम टु रिडकाे आर्थिक तथा प्राविधिक सहयाेग र सू्र्याेदय क्लवकाे आयाेजनामा तनहुँका पाँच  नगरपालिकाहरु व्यास, भानु, शुक्लागण्डकी, भिमाद  र तीन गाउँपालिकाहरु बन्दीपुर , म्याग्दे र ऋषिङका  २० विद्यालयमा बालिका शिक्षा कार्यक्रम संचालीत छ।सन २०१८ बाट शुरु भएकाे बालिका शिक्षा कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका किशोरी उमेर समूहका बालिकाहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गरिएकाे फिल्ड कार्यक्रम ब्यवस्थापक दिनेश पाेख्रेलले बताए । कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत   लक्ष्मी नेपालले गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page