पाेखराबाट दमाैलीतर्फ आउँदै गरेको बसले स्कुटरलाइ ठक्कर दिँदा पुनकाे मृत्यु
पाेखरा स्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालका डम्बर बहादुर पुन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पृथ्वीराजमार्गको लामेआहालमा राजमार्गबाट भित्रि सडकतर्फ जान लागेको पुन सवार ग२१प ६४७४ नम्बरको स्कुटरलाई पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प.००६ख ५४४३ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
बसको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालक खोटाङका रमेश विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
























