चोरीका तीन मोटरसाईकल सहित चितवनका ५ जना बन्दीपुरबाट पक्राउ

चोरीका तीन मोटरसाईकल सहित चितवनका ५ जना बन्दीपुरबाट पक्राउ


चाेरीका तिनवटा माेटरसाइकल सहित तनहुँकाे बन्दीपुरबाट चितवन घर भएका पाँच जना पक्राउ परेका छन् । जिल्लाकाे बन्दीपुर गा.पा. वडा नं. – २ पौवा स्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक उदयश्वर अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर प्लेट नभई चलाई ल्याएको तिनवटा माेटरसाइकल सहित मानिस पक्राउ परेको हाे ।

चालकहरुसँग शंका लागि सवारी अनुमति पत्र लगायत अन्य कागजातहरु माग गरी सोधपुछ गर्ने क्रममा निजहरुले चलाई ल्याएका मोटरसाईकलहरु चोरी गरी प्रयोग गरेको भन्ने खुलेकोले निम्न चेसिस नं., इन्जिन नं. रहेका ३ (तिन) मोटरसाईकलहरु सहित ५ (पाँच) जना मानिसहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।
पक्राउ पर्नेहरूमा
जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ५ कल्याणपुर बस्ने वर्ष २१ को विनायक विश्वकर्माले चलाएको, चेसिस नं. MD2A36FX6MCK83053, इन्जिन नं. JLXCMK55261 (NS 200 CC खरानी रङ) । पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष १८ को विश्व पुन मगर ।

जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ५ कल्याणपुर बस्ने वर्ष १९ को अनिस श्रेष्ठले चलाएको, चेसिस नं. MD236FY1KCD87507,इन्जिन नं. JLYCKD38368 (NS 200 CC कालो रङ) ।

जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. १५ फुलबारी बस्ने वर्ष १८ को आयुष बयलकोटी, चेसिस नं. MD2A36FY6KCL80923, इन्जिन नं. JLYCKL44816 (NS 200 CC कालो रङ) । पछाडि सवार जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ५ कल्याणपुर बस्ने वर्ष २० को अर्जुन श्रेष्ठ रहेका छन् ।।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page