जिल्ला कबड्डी संघ तनहुँकाे अध्यक्षमा सिग्देल

जिल्ला कबड्डी संघ तनहुँकाे अध्यक्षमा सिग्देल
Oplus_0

जिल्ला कबड्डी संघ तनहुँको प्रथम साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरि सिग्देलकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा कृष्ण गिरी , सचिवमा दिपेन्द्र राणाभाट चयन भएका छन् । यस्तै समितिकाे काेशाध्यक्षमा पुर्णिमा आले तथा सदस्यहरूमा देवनारायण श्रेष्ठ , निरज थापा , प्रिया खाती , सुविना गुरूङ र अनुपा सेन चयन भएका छन् ।

कबड्डी संघ तनहुँका अध्यक्ष सशीराज अधिकारीको अध्यक्षता तथा खेलकुद बिकास समिति तनहुँका अध्यक्ष श्री अनिल पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page