पन्थको पहलमा २० थान विद्यालय झोला वितरण
कक्षा १२ मा अध्ययनरत अविनाश पन्थले आफ्नै पहलमा विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। सामाजिक सेवामा काम गर्दै आएका पन्थले हरेक अभियानमा समाजको उत्थान र सहयोगका लागि काम गर्दै आएका छन् । उनका अभियानहरूलाई प्रभावकारी बनाउन अर्का युवा दिवस पन्थले निरन्तर साथ दिँदै आएका छन्।

अविनाशले व्यास नगरपालिका वडा नम्बर १२ मत्स्यकन्या आधारभूत विद्यालयका गरिब, दुःखी र आर्थिक रूपमा कमजोर बालबालिकालाई २० थान विद्यालय झोला वितरण गरेका छन् ।

सामाजिक कार्यमा सक्रिय अविनाशले शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणजस्ता विविध विषयहरूमा केन्द्रित रहेर समुदायलाई सहयोग पुर्याउने काम गरिरहेका छन्। उनका यस्ता प्रयासहरूले स्थानीय समुदायलाई राहत मात्र दिएको छैन, अन्य युवाहरूलाई पनि सामाजिक सेवामा लाग्न प्रेरणा प्रदान गरेको छ।
























