आँबुखैरेनी गाउँपालिकाकाे व्यवसाय करमा मनपरि !
तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले व्यवसाय करमा मनपरि गरेको व्यवसायीहरूले बताएका छन् ।

गत वर्ष २०८०/८१ मा २ हजार व्यवसाय कर तिरेकोमा २०८१/८२ मा दस हजार कर तिर्न परेको भन्दै व्यवसायीले ५ सय प्रतिशतले कर बढ्ने अचम्म को नियम आँबुखैरेनीमा आएकाे भन्दै आक्राेस पाेखेका छन् । आँबुखैरेनीमा नयन फार्मेसी सञ्चालन गर्दै आएका बिनय रिजालले गत वर्ष भन्दा ५ सय प्रतिशत बढी कर यसपटक तिर्नपरेकाे बताए ।
जनताको ढाड सेक्ने गरी कर बढाउने काम तत्कालै सच्याउन पर्ने समेत उनलेे बताए । यस्तै त्रिजल मेडिसिन सप्लायर्सका दिलिप काेइरालाले ०८०/०८१ मा ७ हजार कर तिरेकोमा अहिले एक्कासि १४ हजार कर तिर्नुपरेको बताइएकाे छ । यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्मा सँग सम्पर्क गर्दा गाउँशभाले निर्धारण गरेको रकम लिने गरिएको बताए । क ख ग बर्ग छुट्याएर कर लिने गरेको भन्दै शर्माले न्युनतम १० हजार देखि ३० हजार सम्म करको दर रहेको जानकारी दिए । आँबुखैरेनी अस्पताल पनि गाउँपालिकाले नैँ चलाएको , जनता लाई स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुविधा दिइएको , स्वास्थ्यकर्मीहरू राम्रो राखिएको लगायतका कारणले खर्च समेत बढेको अवस्थामा हाल लिएको कर न्यायाेचित नैं रहेको उनलेे दावी गरे ।

























