चोक मावि रामपुरटारको ९० औं वार्षिकोत्सव सम्पन्न

चोक मावि रामपुरटारको ९० औं वार्षिकोत्सव सम्पन्न

तनहुँकाे भानु १० स्थित श्री चोक मावि रामपुरटारको ९० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रमकाे प्रमुख अतिथि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, नपाका उपसचिव ध्रुवराज पौडेल , सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती , कर्मदा माविका सप्रअ रिदय भट्ट, सरस्वती आविका प्रअ सन्तनु अधिकारी, सहयोगी दाता सुर्यनाथ अधिकारी, शिअसंघका अध्यक्ष गोकर्ण अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । विव्यस अध्यक्ष अर्जुनराज कंडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे विद्यालयका शिक्षक द्वय केशबराज कोईराला र गजेन्द्र लौडारीले सञ्चालन गरेका थिए । कार्यक्रममा चोक माविका कलाकार विद्यार्थीहरूले विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक वर्ग, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, छिमेकी विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरू र विद्यालयका पुर्व विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
साे अवसरमा बिद्यालयका प्रधानाध्यापक अमृत नेपालीबाट वार्षिक शैक्षिक एवं आय-व्ययको प्रतिवेदन प्रस्तुतीकरण भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page