भानुमा अमर सशस्त्र प्रहरी स्तम्भ निर्माण
तनहुँकाे भानु नगरपालिका वडा नं. १ सुखौरे खोलामा अमर सशस्त्र प्रहरी कर्मचारीको सम्झानामा स्तम्भ निर्माण गरिएकाे छ । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा उक्त स्तम्भ निर्माण गरिएको हाे ।

स.प्र.वल नेपाल नं.२३ गण हे.क्वार.मनकामना तनहुँका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार एक कार्यक्रम गरी शिलालेखमा पुष्पा गुच्छा अर्पण तथा माल्यार्पण कार्यक्रम भएको छ ।

























