महेन्द्र मावि गुणादीकाे ५० औ स्वर्ण जयन्ती आज

महेन्द्र मावि गुणादीकाे ५० औ स्वर्ण जयन्ती आज

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयकाे ५० औ स्वर्ण जयन्ती आज मनाउने कार्यक्रम रहेको छ । स्वर्ण जयन्ती भब्य रूपमा मनाउन सम्पुर्ण तयारी पुरा भएको बिद्यालयले जनाएको छ ।

स्वर्ण जयन्तीको अवसरमा यस अगाडि बृहत स्वास्थ्य शिविर तथा पुरस्कार वितरण लगायतको कार्यक्रम भएको बिद्यालयका प्रअ साेमबहादुर थापाले जानकारी दिए । पुर्व मन्त्री एवम् सांसद शंकर भण्डारीकाे प्रमुख आतिथ्यतामा स्वर्ण जयन्ती कार्यक्रम मनाउने प्रअ थापाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page