नेपाल प्रहरीका १० जना डिएसपीकाे काज सरूवा
प्रहरी प्रधान कार्यालयले १० जना डीएसपीहरुको काज सरुवा गरेको छ । सरूवा हुनेहरूमा प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द, महाराजगन्जमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्र राना र जिल्ला प्रहरी कार्यालय रसुवामा हेम शाही रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञान कुमार महतोलाई पठाइएको छ ।
बुटवलमा कार्यरत विजयराज पण्डितलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरुवा गर्दा काँकडभिट्टामा कार्यरत डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै रसुवामा कार्यरत केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामा, गजुरीमा विकाश थापा र जिल्ला प्रहरी कार्यालय चितवनमा रवीन्द्र खनाल सरुवा भएका छन् ।

























