सेती गंगा आधारभुत बिधालयको ३७ औं बार्षिकाेत्सब तथा अभिभावक दिबस सम्पन्न
तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं ६ मा रहेको सेती गंगा आधारभुत बिधालयको ३७ औं बार्षिकउत्सब तथा अभिभावक दिबस कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिकोत्सबकाे कार्यक्रमका प्रमुख अतिथि तनहुँ छेत्र नम्बर १, का सांसद डा स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बन्दिपुर गापा अध्यक्ष सुरेन्द्र ब थापा , शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख उद्दबराज कट्टेल , बन्दिपुरका प्रमुख प्रशासकिय अधिकृत यादवराज आचार्य , शिक्षा प्रमुख भिमप्रसाद लामिछाने ,वडा अध्यक्ष बल ब गुरुङ , शिक्षा प्राबिधिक सिर्जना अधिकारी , अरुण माबि प्रधानाध्यापक बिशाल गौतम , भृकुटी माबि प्रधानाध्यापक , देबघाट बिकास छेत्रका अध्यक्ष भिम ब राना , बुद्ध सिंह मार्ग अध्यक्ष बिस्व बास्तोला लगायतकाे सहभागिता रहेको थियो ।

सेती गंगा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर गुरूङकाे अध्यक्षतामा भएको वार्षिकोत्सब एवम् शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा बिद्यालयका प्रअ सिद्धान्त थापा मगरले बिद्यालयकाे वार्षिक शैक्षिक तथा भौतिक प्रगति, गतिविधि,भावना र वेदनाहरु प्रस्तुत गरेका थिए । यस्तै उनलेे बिगत, बर्तमान समिक्षा र भाबि कार्य योजना र नीति तर्जुमा समेत प्रस्तुत गरेका थिए ।

























