लागु औषध सहित आँबुखैरेनीबाट एक युवक पक्राउ

लागु औषध सहित आँबुखैरेनीबाट एक युवक पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागु औषध सहित १ युवक पक्राउ परेका छ्न । पृथ्वी राजमार्ग सडक-खण्डमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीकाे प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा गोरखा नगरपालिका वडा नं. ६ बस्ने बर्ष २५ का अनिल भन्ने गणेश अधिकारीलाई लागु औषध सहित पक्राउ गरेको हो ।

अधिकारीको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा TRAMADOL लेखिएको ५,८८० क्याप्सुल लागु औषध बरामद गरिएको आँबुखैरेनी प्रहरीले जनाएको छ ।आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदी नेतृत्वकाे टाेलिले लागुऔषध लगायतका अन्य धेरै क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन् । राम्रो काम गरेबापत हालै उनी गण्डकी प्रदेशकाे उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page