एक हप्तामा आफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाडिदिने मेयर बालेनको चेतावनी
एक हप्तामा आफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाडिदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चेतावनी दिएका छन् । साेमबार राति सामाजिक सञ्जाल फेसवुक मार्फत उनलेे यस्तो चेतावनी दिएका हुन् ।
उनी लेख्छन् – “काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!”
























