मलाई मार्ने याेजना बनाएपछि सुरक्षा घेरा ताेडेर निस्केको हुँ- दुर्गा प्रसाईं

मलाई मार्ने याेजना बनाएपछि सुरक्षा घेरा ताेडेर निस्केको हुँ- दुर्गा प्रसाईं

फरार घोषित दुर्गा प्रसाईँले एक भिडियो मार्फत आँफु कतै नभागेकाे भन्दै आफ्नाे भनाइ सार्वजनिक गरेका छन् । प्रसाइले भनेका छन् “प्रहरीसँग मेरो कुनै वैरभाव छैन। तर, मलाई त्यहाँ मार्ने योजना बनेको जानकारी पाएपछि घेरा तोडेर निस्कन खोजेको हुँ। म भागेको होइन, भाग्दिन। प्रधानमन्त्रीले भेटेको स्थानमा गोलि चलाउने आदेश दिएको भन्ने सुनेपछि मात्र सुरक्षित ठाउँमा बसेको हुँ।

म नेपाल छोडेर कतै जाँदिन। भाग्न वा झुक्नका लागि जन्मेको होइन। अहिले म काठमाडौंमै रहेको छु, एउटा मन्दिरमा बसेको छु। सो घटनाप्रति म दुःख व्यक्त गर्न चाहन्छु।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page