टिपर र स्कुटर ठाेक्किँदा व्यास ५ का दाजु मनिषकाे मृत्यु , बहिनी घाइते
ग १ ख ५८७५ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार एककाे मृत्युु भएको छ ।
पृथ्वीराजमार्ग स्थित तनहुँकाे म्याग्दे १ बरचौरमा भएको दुर्घटनामा परी व्यास ५ पाटनका मनिस आलेकाे मृत्यु भएको हाे ।

ठक्करबाट स्कुटर चालक आलेको घटनास्थलमै मृत्यु भएको हाे भने पछाडि सवार मृतककै बहिनी अनिशा आले घम्भिर घाइते भइ प्रदेश अस्पताल दमाैलीमा लगिएको छ । दुर्घटनामा टिपर भित्र स्कुटर पसेको थियो । हाल प्रारम्भिक उपचार पश्चात् घाइते अनिशाकाे थप उपचारका लागि पाेखरा लगिएको छ ।

























