घरेलु तथा साना उद्योग महिला उद्यमी तनहुँकाे अध्यक्षमा गाैली

नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति जिल्ला कार्य समिति तनहुँकाे अध्यक्षमा कल्पना गाैली निर्वाचित भएकी छन् । समितिकाे शनिबार दमाैलीमा सम्पन्न २२ औ अधिवेशनले गाैलीकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेकाे हाे। समितिकाे उपाध्यक्षमा धनमाया पाैडेल, सचिवमा सिर्जना सिग्देल र काेषाध्यक्षमा लक्ष्मी पाैडेल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा धनमाया राना, खिरमति मगर, कल्पना थापा, अनुपम कला न्याैपाने, सीता खनाल, साेममाया गुरूङ, सुमित्रा राेका, राज्यवती पाैडेल र थममाया आले चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष गाैलीले महिला उद्यमी समितिले सञ्चालन गरेकाे व्यास काेशेली घरकाे व्यवस्थापन र महिला उद्यमशीलताकाे प्रवर्द्धनका लागि नयाँ र बृहत कार्यक्रमहरू गर्ने प्रतिवद्वता व्यक्त गरिन्।
नवनिर्वाचित समितिलाई व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, नेपाल घरेलु तथा साना उद्योग महासंघ, गण्डकी प्रदेशका महासचिव महाप्रसाद सुवेदी, महासंघ तनहुँ शाखाका संस्थापक अध्यक्ष मछिन्द्रा देवी श्रेष्ठ, महिला उद्यमी समिति तनहुँका संस्थापक अध्यक्ष सावित्री श्रेष्ठ, उद्योग तथा पर्यटन कार्यालय दमाैलीका प्रमुख दुर्गाराज सुवेदी, निर्वाचन समिति संयाेजक अधिवक्ता ईन्द्र कुमारी थापा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
























