तनहुँकाे शुक्लागण्डकीमा हर्क साम्पाङ शैलीमा श्रमदान

तनहुँकाे शुक्लागण्डकीमा हर्क साम्पाङ शैलीमा श्रमदान

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा बुद्ध प्रतिमा निर्माणका लागि हर्क साम्पाङ शैलीमा श्रमदान गरिएको छ । ‘शान्तिका लागि श्रम’ नाराका साथ धरानका मेयर हर्क साम्पाङ शैलीमा भएको श्रमदानमा दैनिकी झण्डै ३ सयको हाराहारीमा मानिसहरू सहभागी हुने गरेका छन् ।

एक्लोडाँडोलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले २९ फिट अग्लो बुद्ध प्रतिमा निर्माणमा जुटेको गुरुङ मगर साँस्कृतिक एकता समाजले श्रमदानको तारतम्य मिलाएको छ । बिहीबार विहानदेखि सुरु भएको श्रमदान सुक्रवार दिनभरी चलेको थियो भने त्यसले आज शनिबार विहान पनि निरन्तरता पाएको छ ।

शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ मा बसोबास गर्ने २३ वटा मगर समाज र १३ वटा गुरुङ समाजका सदस्यले श्रमदान गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page