सुर्खेत जाँदै गरेको बस तनहुँमा दुर्घटना , व्यासका १ सहित २५ जना घाइते ( नामावली सहित )

सुर्खेत जाँदै गरेको बस तनहुँमा दुर्घटना , व्यासका १ सहित २५ जना घाइते ( नामावली सहित )


पाेखराबाट सुर्खेत जाँदै गरेको ना ५ ख ६८४१ नं. को यात्रु वाहक बस चालकले नियन्त्रण गुमाई सडक देखि अं. १५/२० मिटर तल खस्न गई तनहुँकाे म्याग्दे स्थित थर्पू नजिकै घुम्तीमा दुर्घटना भएको छ । दुर्घटनामा २५ जना घाइते भएको बताइएको छ । बस स्पीड भएकोले पल्टिएको घाइतेहरूले बताएका छन् । घाइतेहरूलाइ अहिले दमाैली अस्पतालमा उपचारको लागि ल्याइएको छ ।
बसमा सवार निम्न स्थान बस्ने निम्न यात्रुहरु घाईते भइ उपचारको
निम्न घाईतेहरु:-
 प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेका घाईतेहरु
१. जि. तनहुँ व्यास न.पा.- १ भादगाँउ बस्ने बर्ष ६७ को प्रेम बहादुर राना मगर दाहिने खुट्टामा गहिरो चोट अवस्था मध्यम
२. जि. सुर्खेत पञ्चपुरी न.पा.- ७ बस्ने बर्ष २४ को गणेश सहकारी दुबै खुट्टा ददारीएको अवस्था सामान्य
३. जि. रोल्पा परिवर्तन गा.पा.- २ बस्ने बर्ष २२ को किस्मत घर्ती मगर टाउको र घुडामा चोट अवस्था मध्य
४. जि. सुर्खेत विरेन्द्रनगर न.पा.-९ बस्ने बर्ष ३४ को नविन रेग्मी दाँया हातमा र शरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य
५. जि. दैलेख भगवतीमाई गा.पा.- ६ बस्ने बर्ष ३५ को दिल कुमारी रोकाया दाँया गाला सुनिएको अवस्था मध्यम
६. जि. नवलपुर कावसोती न.पा.-१७ बस्ने बर्ष ७६ को युक्त प्रसाद गौडेल वाँया आखाको परेलिमा गहिरो चोट, दाहिने हात र निधारमा भित्री चोट अवस्था मध्यम
७. जि. कास्की पोखरा म.न.पा.-३० बस्ने बर्स ३९ को कृष्ण बहादुर झ्यारी दाहिने हातमा चोट अवस्था सामान्य ऐ-१५:५७ बजे डिस्चार्ज
८. ऐ-ऐ बस्ने बर्ष ७ की इत्रीशा मगर बाहिरो चोट नभएको ऐ-१५:५७ बजे डिस्चार्ज
९. जि. सुर्खेत विरेन्द्रनगर न.पा.१२ बर्ष ३१ को लोकेन्द्र बानिया दाहिने हातमा भित्री चोट अवस्था सामान्य
१०. ऐ-१२ बस्ने बर्ष ३२ कि दुर्गा कुमारी पुन ढाडमा भित्री चोट अवस्था मध्यम
११. जि. कैलाली टिकापुर न.पा.-१ बस्ने बर्ष १८ को शन्देश पुन मगर दुबै हातमा ददारिएको अवस्था सामान्य
१२. जि. गोरखा सहितलखन न.पा.-५ बस्ने बर्ष ३८ को एक बहादुर राना बाँया खुट्टामा भित्री चोट अवस्था सामान्य
१३. जि. जुम्ला तिला गा.पा.-३ बस्ने बर्ष २२ को निराजन रावत दाहिने खुट्टामा चोट अवस्था सामान्य
१४. ऐ-चन्द्रनाथ न.पा.-६ बस्ने बर्ष २२ को मोहन सुनार बाँया हात र खुट्टामा चोट अवस्था सामान्य
१५. जि. दैलेख आठबिस न.पा.-६ बस्ने बर्ष १९ को गणेश उपाध्याय छाती र खुट्टामा चोट अवस्था सामान्य
 रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको
१. जि. सुर्खेत गुर्भाकोट न.पा.- १३ बस्ने बर्ष ५० को जय बहादुर चन्द वाँया कोखामा भित्री चोट अवस्था सामान्य
२. ऐ- पञ्चपुरी न.पा.-१० बस्ने बर्ष ५६ को धन बहादुर देउवा नाकमा चोट अवस्था सामान्य
३. ऐ- लेखवेशी न.पा.-१ बस्ने बर्ष ३४ को राज कुमार बादी दाहिने खुट्टामा चोट अवस्था सामान्य ऐ-१५:५७ बजे डिस्चार्ज
४. जि. जुम्ला तिला गा.पा.-६ बस्ने बर्ष २२ को कमल रोकाया दाहिने खुट्टा र दाहिने कुहिनामा चोट अवस्था सामान्य
५. जि. दैलेख दुल्लु न.पा.-१ बस्ने बर्ष ३३ को महन्द्र बहादुर खड्का बाँया खुट्टामा चोट अवस्था सामान्य
६. ऐ-ऐ ६ बस्ने बर्ष ३५ को डम्मर बहादुर खड्का दुबै हातमा चोट अवस्था सामान्य ऐ-१५:५७ बजे डिस्चार्ज
७. जि. डोल्पा मुर्कुचुला गा.पा.-९ बस्ने बर्ष २४ को दल बहादुर बुढा दुबै खुट्टा र बाँया हातमा चोट अवस्था सामान्य
 म्याग्दे पोकिल्निक थर्पुमा उपचार भइरहेको
निम्न ३ जना घाईतेहरु ऐ-१५:५० बजे थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर
१. चालक जि. सुर्खेत विरेन्द्रनगर न.पा.-९ बस्ने बर्ष २९ को शेर बहादुर वली कानमा चोट अबस्था सामान्य
२. सह-चालक जि. कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष २६ को संजय अधिकारी दाहिने हातमा चोट अवस्था सामान्य


३. जि. सुर्खेत विरेन्द्रनगर न.पा.-९ बस्ने बर्ष २८ को अशोक वि.क. बाँया हातमा चोट अबस्था

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page