नेपाल बार एशाेसियशन तनहुँकाे अध्यक्षमा सरिता भण्डारी
नेपाल बार एशाेसियशन तनहुँकाे ४१ औ साधारणसभा तथा २१ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरिता थापा भण्डारीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिकाे उपाध्यक्षमा विष्णुभक्त सिग्देल , सचिवमा माधव घिमिरे , काेशाध्यक्षमा विष्णु हड्खले चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा निवर्तमान अध्यक्ष डम्बरदेव हड्खले , शिवदत्त ढकाल , केशव भट्टराई , हरिश्चन्द्र अर्याल , ईन्द्रकुमारी थापा , अमृत बहादुर नेपाली , हरीमान श्रेष्ठ , शिवराज काफ्ले र रविन्द्र बराकाेटी चयन भएका छन् ।
यस्तै केन्द्रीय पार्षदहरूमा कृष्णहरी वाग्ले , भानुभक्त सुवेदी , चन्द्रकान्त वाग्ले रहेका छन् भने मानवअधिकार जनसरोकार समितिमा संयाेजक विमल गिरी , सदस्य त्रैलाेक्य वाग्ले र शरणहरी पन्थ रहेका छन् ।

























