एकता बुहारी समुह भन्सारद्वारा चण्डिका बाल गृहलाइ खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग

एकता बुहारी समुह भन्सारद्वारा चण्डिका बाल गृहलाइ खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग


तनहुँकाे भानु नगरपालिका -७ चन्दनी निवासी ८२ बर्षिय अमर सिह गुरुङले सन्चालन गर्नु भएको चण्डिका बाल गृहलाइ एकता बुहारी समुह भानु-१ भन्सारले रु.२६ हजार बराबरको खाध्यन्न तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् । समुहकी अध्यक्ष मनु थापाले आफुहरुले यस ठाँउको बारेमा जानकारी प्राप्त गरेपछि समुहमा दिदि-बहिनीहरुसँग छलफल गरि सहयोग गर्ने इच्छा भएको र साच्चै आज यस ठाउँमा आएर सहयोग गर्न पाउदा आफुहरु निकै खुसि रहेको बताइन् ।

उक्त चण्डिका बाल गृहका सन्चालक अमर सिह गुरुङले सहयोगका निम्ति एकता बुहारी समुहलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दै आफुले बिगत ५ बर्ष देखि सन्चालन गर्दै आएको यस संस्थालाइ हातेमालो गर्नु भएकोमा खुसि ब्यक्त गरेका थिए।

गुरुङको दोस्रो घर जहाँ उनका १६ जना अनाथ ,टुहुरा छोराछोरी बस्दै र पढ्ने आएका छ्न् , कुनै बालबालिका शिक्षाबाट बन्चित नहुन भनेर यस शैक्षिक सत्रबाट उनले चण्डिका बालगृह सन्चालनमा ल्याएका हुन् । जहाँ गरिब र अनाथ १६ जना बालबालिका रहेका छन् साथै उनिहरुको रेखदेख गर्न २ जना कर्मचारी समेत राखेका छ्न् भने बाल गृहको सम्पुर्ण खर्च आफैले परिपुर्ति गर्दै आएका छन्। बाल गृह सँगै रहेको श्री चण्डिका लाल अमर प्राबिमा बिगत १३ बर्ष देखि उनलेे अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् भने बिध्यालयमा बिभिन्न सहयोग साथै ५ लाखको पुस्तकालय समेत निर्माण गरेका छन् ।
आफु ८२ बर्षको बृद्द भइसकेको र कुनै पनि बिलासी जीवनको लोभ नभएको हुनाले स्वच्छ मनले यिनै अनाथ केटाकेटीहरुलाइ सहयोग गरिरहने उनलेे बताए ।
आफ्नो बिदेशमा रहेका छोराछोरीले बुवा बृद्द भएको र कोहि कसैले जिम्मा लिएर यस संस्था सन्चालन गरिदिए बार्षिक १० लाख सहयोग गर्ने कुरा समेत अमर सिँह गुरुङले जानकारी गराएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page