बन्दिपुरमा चितुवाको आक्रमणबाट ६ बर्षिय बालकको मृत्युु
बन्दिपुर गाउँपालिका वडा नं २ कुवादिमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । केही बेर अगाडि मात्रै भएको उक्त घटनामा आँगनमा खेलिरहेको अवस्थामा ६ वर्षिय बालक उत्सव गुरूङकाे चितुवाको आक्रमणबाट ज्यान गएको हाे ।

उनलाई अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घाेषणा गरेका थिए ।

























