घिरिङ गाउँपालिकाको घ्यान्छाप–पुटार सडकको दोस्रो खण्डमा कालोपत्रे

घिरिङ गाउँपालिकाको घ्यान्छाप–पुटार सडकको दोस्रो खण्डमा कालोपत्रे

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ घ्यान्छाप–पुटार मोटरमार्ग अन्तर्गत घ्यान्छाप देखि बोहोछाप सम्मको करिब ७ सय मिटर सडक खण्डमा कालोपत्रे कार्य सम्पन्न हुँदैछ। डिबिएसटी प्रविधि मार्फत पिच गरिएको यस सडकको निर्माण गण्डकी प्रदेश सरकार र घिरिङ गाउँपालिकाको समपुरक बजेट बाट १ करोड १७ लाख आर्थिक वर्ष ०८१/८२ मा सुरु गरिएको हो।

हालसम्म उक्त खण्डको करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको घिरिङ गाउँपालिकाका प्राविधिक अमृत कुमार श्रेष्ठले जानकारी दिए। सडक निर्माणको जिम्मा लिएको लिस्सम निर्माण सेवा कम्पनी सँग २०८१ मंसिर २४ गते सम्झौता भएको हो।

यसैक्रममा, घ्यान्छाप–पुटार सडकको पहिलो खण्ड, अर्थात् स्वामिभञ्ज्याङ देखि घ्यान्छाप सम्मको भाग ७ सय मिटर सडक खण्ड कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ। गाउँपालिकाले सो कार्यका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ भने आर्थिक वर्ष २०८२/८३ मा थप ९१ लाख रुपैयाँ समपुरक संघीय बजेट पनि व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले जनाए।

गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको मुख्य सडक मुद्धाको कारण काम गर्न नसकेकोले शाखा बाटोका योजनालाई प्राथमिकतामा राख्दै आएको बताए। सडक निर्माणपछि यस क्षेत्रका बासिन्दाले सहज र सुरक्षित यातायात सेवा पाउने विश्वास गर्दै बर्खामा हिलो र हिउँदमा धूलोका कारण यातायातमा हुने समस्याको अन्त्य हुने थापाको भनाई छ।

यसको साथै, मानपुर – डेढगाउँ सडक खण्डको सम्पन्नता पछि स्थानीयलाई राम्रो यातायात सेवा प्राप्त भएको दाबी गर्दै, मदन मोटर मार्ग र पशुपति मोटरमार्ग जस्ता शाखा बाटोहरूको निर्माणका लागि बजेट विनियोजन गरिसकिएको तर ठेकेदारले काम गर्न ढिलाई गरेको कारण केही समस्याहरू आएको पिडा व्यक्त गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page