ऋषिङ्गका अग्नि पीडित आलेलाई आर्थिक सहयोग

ऋषिङ्गका अग्नि पीडित आलेलाई आर्थिक सहयोग

ऋषिङ् गाउँपालिका–७, पोखरीभञ्ज्याङ निवासी अग्निपीडित सनिसरा आलेलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाले आलेलाई रु एक लाख ४९ हजार ११ नगद र एक सेट ग्याँस चुलो र सिलिन्डर सहयोग गरेको हो ।

केही दिन अगाडि ग्याँस चुहिएर आगलागी हुँदा आलेले सञ्चालन गर्दै आएको पसल जलेर नष्ट भएको थियो ।
यसअघि अग्निपीडित आलेलाई रु ५४ हजार पाँच सय नगद, लत्ताकपडा र भाडाकुडा हस्तान्तरण गरिसकिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page