देवघाटका महिलाहरुलाइ ५ दिने सेनेटरी प्याड बनाउने तालीम
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रानिवन सामुदायिक वन उपभोक्ता समुहले महिलाहरुको लागी ५ दिने सेनेटरी प्याड बनाउने तालीम प्रदान गरेको छ ।

उक्त तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले तालीम प्रभावकारी रहेको बताउँदै महिला दिदिबहिनीहरुलाई तालीमबाट आफैले सेनेटरी प्याड बनाउन सक्ने बन्न आग्रह गर्दै, आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो,प्याडमा खर्च गर्ने पैसा पनि बचत हुने बताए ।

साथै कार्यक्रममा वनका अध्यक्ष टुकनाथ अधिकारीले उपभोक्ता महिला दिदिबहिनीहरुको लागी सेनेटरी प्याड बनाउने सिप प्रदान गरि महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिईएको जानकारी दिए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त लगायतले सेनेटरी प्याडको बिषयमा बाेलेका थिए ।
























