रास्वपा भिमाद ५ काे सभापतिमा काशीराम

रास्वपा भिमाद ५ काे सभापतिमा काशीराम

राष्टिय स्वतन्त्र पार्टी भिमाद नगरपालिका वडा नं ५ को प्रथम अधिवेसन सम्पन्न भएको छ । अधिवेशनबाट काशीराम गैर्हेकाे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे छ । समितिकाे उपसभापतिमा नरेन्द्र श्रेष्ठ , सचिवमा गिता थापा चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा रिशिराम गैर्हे र शोभाखर लामिछाने चयन भएको राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देका सभापति मनाेज अधिकारीले बताए ।

राष्टिय स्वतन्त्र पार्टी भिमाद नगर सभापति हरि प्रसाद लम्सालको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय यातायात बिभाग सदस्य विकास सिंगदेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला सभापति विश्व वास्ताेला लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page