नेपाल निजामती कर्मचारी युनियन तनहुँको अध्यक्षमा श्रेष्ठ

नेपाल निजामती कर्मचारी युनियन तनहुँको अध्यक्षमा श्रेष्ठ

नेपाल निजामती कर्मचारी युनियन तनहुँको नयाँ नेतृत्व चयन भएको छ । युनियनको शनिबार दमौलीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हाे । अधिवेशनबाट युनियनको खुल्ला उपाध्यक्षमा गोविन्दप्रसाद तिवारी, महिला उपाध्यक्षमा शकुन्तला तिवारी, समावेशी उपाध्यक्षमा सुमन बोटे, सचिवमा सुभाष रेग्मी, सहसचिव युवामा तीर्थप्रसाद चौलागाई, कोषाध्यक्षमा चिजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै सदस्य पदतर्फ खुला तर्फबाट राजेश क्षेत्री, राजन सेढाई, गणेश न्यौपाने, सरोज मिश्र र रविन धिताल निर्वाचित भएका छन्। महिला सदस्यतर्फ रोशनी पन्त, शर्मिला जमरकट्टेल र सिर्जना तिवारी निर्वाचित भएका छन् भने श्रेणीविहीन सदस्यतर्फ जंगनाथ कैनी र सिर्जना तिवारी सर्वसम्मत निर्वाचित भएका छन्। समावेशी सदस्यमा राममाया रम्तेल र रिमा थापा निर्वाचित भएका छन्।

त्यस्तै अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नारायण अधिकारी ,इन्द्रप्रसाद खनाल ,भिम सुवेदी ,राधा आचार्य ,सूर्यबहादुर थापा र हरिप्रसाद लामिछाने चयन भएका छन् । प्रदेश प्रतिनिधिमा भने नवराज पण्डित ,भिम जिसी ,कृष्णबहादुर कार्की , लक्ष्मी सिग्देल ,अनन्त रेग्मी र कृष्ण्बहादुर राना चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page