म्याग्दे गाउँपालिकाले ल्यायो ६८ करोड ७६ लाख बजेट
तनहुँकाे म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८ औं गाउँसभाको दोश्रो बैठकमा मंगलबार गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये चालु तर्फ ६८ दशमलब ९४ प्रतिशत अर्थात ४७ करोड ४० लाख ५२ हजार र पुँजीगत तर्फ ३१.०६ प्रतिशत अर्थात २१ करोड ३५ लाख ८४ हजार बाँडफाँड गरिएको छ ।आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ९ करोड ८६ लाख, शशर्त अनुदान पुँजिगत ८० लाख ४० हजार, शशर्त अनुदान चालु १८ करोड ८ लाख ७४ हजार, संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड ४५ लाख ४२ हजार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १ करोड २१ लख ७५ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने ८८ लाख ६३ हजार हुने अनुमान गरिएको छ ।


त्यसैगरि राष्ट्रपति शैक्षिक सुधार तथा अन्य अनुमान ९० लाख, सडक बोर्डको आम्दानी २३ लाख र आन्तरिक आय तर्फ ११ करोड २५ लाख ५५ हजार, संघको समपुरक १ करोड २० लाख, संघको विशेष अनुदान ९० लाख, सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने १३ करोड ५० लाख, प्रदेशको समपुरक अनुदान ६० लाख, प्रदेशको विशेष अनुदान ४० लाख, नागरिक बाट जम्मा हुने नगद साझेदारी रकम १ करोड ७० लाख हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले वडातर्फ वडा नम्बर १ का लागि रु ५१ लाख, वडा नम्बर २ का लागि रु ५३ लाख ८६ हजार, वडा नम्बर ३ का लागि ४३ लाख ३९ हजारवडा नम्बर ४ का लागि रु ४७ लाख १७ हजार, वडा नम्बर ५ का लागि रु ५१ लाख ४१ हजार, वडा नम्बर ६ का लागि रु ५२ लाख ४५ हजार र वडा नम्बर ७ का लागि रु ४९ लाख ९७ हजार विनियोजन गरेको छ ।

























