भानु नगरपालिकामा सहकारी अभिमुखीकरण गोष्ठी सम्पन्न

भानु नगरपालिका, फुस्रेटारमा “सहकारिता, सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अभिमुखीकरण गोष्ठी” सम्पन्न भएको छ। गोष्ठीमा आबुखैरेनि गाउँपालिका, बन्दिपुर गाउँपालिका र भानु नगरपालिका भित्रका करिब ६० जना सहकारी सदस्यहरूको सहभागिता रहेको थियो।

भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारि सम्बन्धी ऐन, नियम तथा समसामयिक चुनौतीहरूबारे छलफल गरिएको थियो।

कार्यक्रमको समन्वय भानु नगरपालिका र जिल्ला सहकारी संघ तनहुँले गरेको थियो भने आयोजना सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराद्वारा गरिएको थियो।
कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भेषराज रिजाल, जिल्ला सहकारी संस्थाका सचिव पदम बहादुर बानियाँ, भानु नगरपालिका सहकारी समन्वय समितिका संयोजक हरेराम आचार्य, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो।
























