थानीमाइ मन्दिरमा वन पैदावार उद्योग व्यवसायी संघकाे वृक्षारोपण
नेपाल वन पैदावार उद्योग व्यवसायी संघको आयाेजनामा वृक्षारोपण गरिएको छ । हरिबोधनी एकादशीको अबसर पारेर भानु नगरपालिका वडा नम्बर ७ मा रहेको प्रसिद्ध धार्मिक स्थल थानिमाइ मन्दिर को परिसरमा वृक्षारोपण गरिएको हाे । आँप ,।लिची लगायतका फलफूल सहितका ६ थरी गरि झण्डै तीनसय बिरुवा राेपिएकाे वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका बरिस्ठ उपाध्यक्ष साेमराज सिग्देलले बताए ।

संघका अध्यक्ष दिपबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डिभिजन बन कार्यालय तनहुँका अधिकृत काशीराज पण्डित रहेका थिए । उक्त अवसरमा थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगर , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी , संघका सचिव वसन्त सदासंकर लगायतले बाेलेका थिए ।

























