शुक्लागण्डकी ११ काे वडा कार्यालयमा आगलागी हुँदा झण्डै ८ लाखको क्षति
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ काे कार्यालयमा बुधवार दिउँसो आगलागि भएको छ । विद्युत सर्ट भएर सभाहलमा लागेको आगो करिव दुई घण्टामा नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीले हलमा रहेका सोफा, चेयर लगायतका सामान जल्दा ७ लाख८७ हजार बराबरको धनमालको
क्षति भएको छ । आगो नियन्त्रणको लागि शुक्लागण्डकी नगरपालिकाको दमकल वडा कार्यालयतर्फ गएको थियो । तर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएपछि दमकल फर्किएको थियो ।


























