आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत
सरकारले बुद्धिराम बस्नेतलाई आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त गरेको छ। लोक सेवा आयोगको सिफारिसका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका बस्नेतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय जिम्मेवारी दिइएको हो।

वर्तमान प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनिवार्य अवकाश पाएसँगै बस्नेतलाई पदभार दिइएको गाउँपालिकाले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रअनुसार बस्नेतले छिट्टै कार्यभार सम्हाल्ने तयारी गरेका छन्।


























