देवघाट गाउँपालिकाको गाउँ सभा एवं १६ औं अधिवेशन सम्पन्न
देवघाट गाउँ पालिकाको १६ औं गाउँ सभा आज शुक्रबार पालिकाको सभा हलमा सम्पन्न भएको छ । गाउँ पालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो गाउँ सभाले विभिन्न विधेयकहरुमा छलफल गरि पारित गरेको छ ।

गाउँ सभाले गाउँ पालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमलाई संशोधन सहित पारित गरेको छ भने शंसोधित आर्थिक विधेयक पनि पारित गरेको छ । गाउँ सभामा उपाध्यक्ष भुवन सिं गुरुङले गाउँ पालिकाको शंसोधित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँ सभाले गाउँ पालिका अन्तर्गत लिफ्टिङ्ग खानेपानी,सिचाइ,बाटो,पुर्णसरसफाई,शिक्षा, कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रम, बालमैत्री कार्यक्रम, जेष्ठ नागरिक कार्यक्रम, गाउँ पालिका स्तरीय रंगशाला निर्माण,कृषकलाई प्रोत्साहन कार्यक्रम, कृषि अनुसन्धान केन्द्र निर्माण, फोहोरमैला व्यवस्थापन कार्यक्रम सन्चालन तथा अपाङ्गता भएका व्यक्तिलाई आय आर्जन कार्यक्रम सन्चालन गराउने लगायत शंसोधित प्रस्ताव पारित गरेको छ ।

























