बिद्यालय स्तरीय कवितामा फिष्टेलकी माैसमी , चित्रलेखनमा स्नेहा , रचनापाठमा सुजाता र खुल्ला कवितामा महेश प्रथम

बिद्यालय स्तरीय कवितामा फिष्टेलकी माैसमी , चित्रलेखनमा स्नेहा , रचनापाठमा सुजाता र खुल्ला कवितामा महेश प्रथम

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २ सय १२औं जन्मजयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा भानुजयन्ती सप्ताहअन्तर्गत विभिन्न साहित्यिक र सिर्जनात्मक प्रतियोगिताहरू सम्पन्न भएका छन्।कविता, चित्र लेखन र भानुभक्तीय रचनापाठजस्ता कार्यक्रमहरूले बालबालिका, किशोरकिशोरीदेखि युवासम्मको उल्लेखनीय सहभागिता रह्यो ।विद्यालयस्तरीय कविता प्रतियोगितामा फिष्टेल आ वि की मौसमी गैरे प्रथम भएकी छन् भने गोगन मा वि, तल्लो गगनगाैंडाबाट सहभागी सुजाता पौडेलले द्वितीय स्थान हासिल गरेकी छन् । भानु संस्कृत मा वि का सृष्टि सुनार तृतीय भइन् भने विनिशा श्रेष्ठ (भानु सं मा वि) र शिवानी अधिकारी (नारायणी आ वि) ले सान्त्वना स्थान प्राप्त गरेका छन् । त्यस्तै, चित्र लेखनतर्फ स्नेहा गुरुङ प्रथम भइन् भने अंकित बसेल (जनजागृति मा वि) र रमेश राई (नारायणी आ वि) क्रमशः द्वितीय र तृतीय भएका छन् । यस्तै नारायणी आ वि की अनिता तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् ।

खुल्ला कविता प्रतियोगितामा भानु ४ निवासी महेश ठेडी मगरले प्रथम स्थान हासिल गरे। रश्मि सेढाई (भानु १), रामप्रसाद पौडेल (भानु ४) र अनिता श्रेष्ठ (भानु ४) क्रमशः द्वितीय, तृतीय र सान्त्वना भएका छन् । भानुभक्तीय रचनापाठ प्रतियोगितामा गोगन मा वि, पोखराबाट सहभागी सुजाता पौडेल प्रथम भइन्। स्वाधीनता पौडेल (व्यास ३, दमौली) ले द्वितीय स्थान र गरिमा नेपाली (भानु सं मा वि) ले तृतीय स्थान प्राप्त गरे । यस्तै प्रस्तुत आचार्य (भानु सं मा वि) ले सान्त्वना पुरस्कार पाइन्। प्रतियोगिताका विजयीहरुलाइ चुँदी रम्घामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page